मोरङमा छुट्टाछुट्टै सवारी दुर्घटनाबाट २ जनाको मृत्यु ५ घाईते

बिराटनगर, बैशाख ३१ गते । मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।

हिजो दिउँसो साढे २ बजे केराबारी गाउँपालिका-५ स्थितमा धरानबाट केराबारीतर्फ आउदै गरेको बा. ११ च २९२८ नम्बरको पिकअप भेनले विपरित दिशा तर्फ जादै गरेको प्रदेश १-०२-००२ ह ९२४४ नम्बरको अटोलाई ठक्कर दिइ दुर्घटना हुँदा घाईते भएका अटो चालक केराबारी-६ का ४५ बर्षीय मेख बहादुर मगरको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको थियो ।

दुर्घटना परी घाईते भएका अटोमा सवार ६० बर्षीय हरिमाया मगर, धरान-११ की ३० बर्षीया सिता मगर, १० बर्षीया प्रशुना मगर र ७ बर्षीय एग्रिल मगरको सोहि अस्पतालमा उपचार भईरहेको छ ।

घटनामा संलग्न ठक्कर दिने भेन चालक बुढीगंगा गाउँपालिका-२ का ३२ बर्षीय शिब कुमार ऋषिदेवलाई इलाका प्रहरी कार्यालय केराबारीले नियन्त्रणमा लिएको छ । त्यस्तै पथरीशनिश्चरे नगरपालिका-१ स्थित प्रदेश१-०२-०४३ प ७२५१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भइ दुर्घट्ना हुदा मोटरसाईकल चालक लेटाङका २५ बर्षीय दिपेश राई र पछाडी सवार उनकै श्रीमती २१ बर्षीया ललिता राई मगर घाईते भएका थिए ।

घाईते उनिहरुलाई उपचारको लागि मदन भन्डारी अस्पताल ट्मासेन्टर उर्लाबारी लगिएकोमा उपचारको क्रममा चालक राईको मृत्यु भएको हो भने श्रीमती मगरको सोहि अस्पतालमा उपचार भईरहेको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।