झापा, मोरङ र ताप्लेजुङबाट लागुऔषध सहित ५ जना पक्राउ

बिराटनगर, बैशाख ३१ गते ।झापा, मोरङ र ताप्लेजुङ जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो बेलुका साढे ६ बजे ताप्लेजुङको पाथिभरा याङबरक गाउँपालिका-१ स्थितमा प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०३-००१ प ३२६१ नम्बरको स्कुटरलाई शंका लागि चेकजाँच गर्दा स्कुटर चालक फुङलिङ-३ का ३० बर्षीय सुवास चन्द्र दाहाल र स्कुटर पछाडी सवार २५ बर्षीय योगेश भारतीको साथबाट ४ ग्राम ४० मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै मोरङको बिराटनगर-१६ हुलास चौकबाट पैदल यात्री इटहरी-१६ का ३१ बर्षीय मिलन तामाङलाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको टोलीले १ ग्राम ५८ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने झापाको बिर्तामोड नगरपालिका-३ स्थित डेरा गरी बस्ने बिर्तामोड-४ का ३६ बर्षीय रबि दास र १९ बर्षीया आयुसा भुजेललाई प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले ६९ ग्राम ६२० मिलिग्राम लागुऔषध गाँजा सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।