झापा र मोरङबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रित औषधी सहित ४ जना पक्राउ

बिराटनगर, जेठ १ । झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रित औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो राती ९ बजे झापाको मेचिनगर नगरपालिका-६ स्थितमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश नं.१-०१-००२ ह ७९७ नम्बरको अटो टेम्पोलाई रोकी चेकजाँच गर्दा टेम्पो चालक ताप्लेजुङ मैवाखोला गाउँपालिका-४ घर भई हाल माई नगरपालिका-४ ईलाम बस्दै आएका ३१ बर्षीय उमेश शेर्पाको साथबाट ३ ग्राम ५७० मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै भद्रपुर नगरपालिका-४ स्थितमा वडा प्रहरी कार्यालय भद्रपुर झापाबाट खटिएको प्रहरी टोलीले ३१० मिलिग्राम ब्राउनसुगर सहित भद्रपुर-३ का २३ बर्षीय उज्वल मगरलाई पक्राउ गरेको हो ।

त्यसैगरी मोरङको बिराटनगर-१६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले को.३१ प ३२५५ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक इटहरी-१८ का २९ बर्षीय जेस राईको साथबाट ५२ मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो भने झापा कमल गाउँपालिका-६ का २३ बर्षीय कृष्ण साहलाई नियन्त्रीत औषधी lupagesine र digapame गरि जम्मा २१६ एम्पुल सहित मोरङको बुढीगंगा गाउँपालिका-२ बाट CRV बासवारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।