विराटनगर महानगरको आयोजनामा सहकारीका लेखा कर्मचारीलाई लेखासम्बन्धी तालिम

विराटनगर । विराटनगर महानगरपालिका सहकारी शाखाको आयोजनामा मंगलबारदेखि लेखा तथा पल्र्स तालिम सुरु भएको छ ।

तालिमको महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले उद्घाटन गर्नुभयो । पाँचदिनसम्म सञ्चालन हुने तालिममा ह्रास कट्टी, जोखिम ऋण व्यवस्थापन, तिर्नुपर्ने रकम, ब्याज मुल्तवी, अन्तिम मालशेष, पाउनुपर्ने रकम, कारोबारको सम्पुष्टि र तयारी विधि, मुख्य खाता, सहायक खाता र प्रयोजनगत लगतहरु, अन्तिम खाता, पल्र्सको उपयोग, पल्र्सको परिचय, पल्र्सको महत्व, वित्तीय सहकारीमा यसको उपयोगितालगायतका विषयमा प्रशिक्षण दिइने महानगरको सहकारी शाखाकी रोजी कार्कीले जानकारी दिनुभयो । महानगरको नियमन क्षेत्राधिकारभित्रका सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारीहरुको क्षमता विकासका लागि सहकारी लेखा तथा पल्र्स तालिम आयोजना गरिएको कार्कीले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर १९ का अध्यक्षसमेत रहनुभएका संयोजक घिमिरेले पछिल्लो समय सहकारीप्रति आमर्वसाधारणको नकारात्मक धारणा बन्दै गएको बताउनुभयो । उहाँले केही सहकारीका कारण समग्र सहकारीमाथि नै जनताको अविश्वास बढ्दै गएको चर्चा गर्नुभयो । लेखा प्रणाली चुस्तदुरुस्त राख्न सकिए सहकारीमा हुने हिनामिना र अपचलन रोक्न सकिने घिमिरेको भनाइ थियो । जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले नेपालको अर्थतन्त्रमा सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले राज्यले तीनखम्बे नीतिमा सहकारीलाई समेटे पनि व्यवहारमा लागू गर्न नसकेको आरोप लगाउनुभयो ।

रोजगारी सिर्जनासँगै ग्रामीण क्षेत्रसम्म वित्तीय वित्तीय पहुँच पु¥याउन सहकारीको अहम् भूमिका रहेको पोखरेलले बताउनुभयो । सो अवसरमा सहकारी बैंक विराटनगर शाखाका प्रमुख चिरञ्जीवी तिम्सिना, नेफ्स्कुन विराटनगर शाखाका अध्यक्ष लक्ष्मणप्रसाद अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । तालिममा सहकारी विज्ञ रामचन्द्र गौतम र लक्ष्मी सापकोटाले सहजीकरण गर्नुहुनेछ ।

सो तालिममा ३५ जना लेखा कर्मचारीको सहभागिता रहेको छ । विराटनगर महानगरको क्षेत्राधिकारभित्र १ सय ७३ वटा सहकारी सञ्चालनमा रहेका छन् । महानगरले गत वर्ष पनि ३५ वटा सहकारीका लेखा कर्मचारीलाई तालिम दिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।