विराटनगर महानगरको आयोजनामा आन्तरिक रोजगारी सिर्जनासम्बन्धी अन्तरक्रिया

विराटनगर । युवा रोजगार अभिवृद्धि तथा प्रवद्र्धनका लागि निजी क्षेत्र र सरोकारवाला निकायबीच अन्तरक्रिया सम्पन्न भएको छ ।

विराटनगर महानगरपालिकाको नमुना रोजगार सेवा केन्द्रको आयोजनामा भएको अन्तरक्रियामा सहभागीहरुले रोजगारी सिर्जनामा ध्यान दिनुपर्नेमा जोड दिए । विकास निर्माणका कार्यलाई तीव्र रुपमा अगाडि बढाएमा थुप्रै रोजगारी सिर्जना हुने उनीहरुको भनाइ थियो ।

महानगरपालिकाले रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाताबीच पुलको काम गर्ने गरेको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले बताउनुभयो । वडा नम्बर १९ का अध्यक्षसमेत रहनुभएका संयोजक घिमिरेले महानगरले रोजगार मेलामार्फत रोजगारदाता र रोजगारीको खोजीमा रहेका करिब ४ हजारभन्दा बढी सहभागी भएको बताउनुभयो । उहाँले महानगरको रोजगार शाखाले पनि समन्वय गर्ने गरेको बताउनुभयो ।

कार्यक्रममा आर्थिक महाशाखा प्रमुख दीपक पौडेलले रोजगारीको खोजीमा नमुना रोजगार सेवा केन्द्रमा आउने युवाहरुलाई रोजगारदातासित जोड्ने गरेको सुनाउनुभयो । कार्यक्रममा रोजगार सहायक सरस्वती साहले नमुना रोजगार सेवा केन्द्रले गरिरहेका कार्यप्रगति प्रस्तुत गर्नुभयो । उहाँले सय दिने रोजगारीअन्तर्गत यस वर्ष ७६ जनालाई १० वटा वडामा विभिन्न योजनाहरुमा सहभागी गराएको जानकारी दिनुभयो । उहाँले थप ५१ जनालाई बारिष्ठा, गार्मेन्ट र विद्युतीय सवारी साधन मर्मत तालिम दिएको जानकारी दिनुभयो । तालिम लिएका मध्ये ५० प्रतिशतभन्दा बढी स्वरोजगार भइसकेको साहले बताउनुभयो ।

आइएलओका प्रतिनिधि सौरभराम जोशी र एक्सन फर डेभलप्मेन्टका महेन्द्र प्रसाईंले रोजगारी अभिवृद्धिका लागि स्थानीय सरकारसित सहकार्य गर्न तयार रहेको बताउनुभयो । उद्योग संगठन मोरङका महानिर्देशक चूडामणि भट्टराईले नयाँ रोजगारी सिर्जनाका लागि सबै मिलेर परिणामुखी काम गर्नुपर्नेमा जोड दिनुभयो । छलफल र अन्तरक्रियाले मात्रै नहुने भन्दै उहाँले योजनाबद्ध रुपमा काम गर्नु आवश्यक रहेको औंल्याउनुभयो । भट्टराईले रोजगारी अभिवृद्धिका लागि निजी क्षेत्र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो । पर्यटन व्यवसायी पुण्य भट्टराईले रोजगार अभिवृद्धिका लागि महानगरपालिकाले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालय प्रदेश सूचना केन्द्रका ललितकुमार यादव, स्वीस कन्ट्रयाक (एनभीक्यूएस) गीता लिम्बू, मोरङ उद्योग व्यापार संघकी सदस्य बन्दना जैन, नेपाल उद्योग परिसंघ कोशी प्रदेश युवा समितिका संयोजक मुनन रिजाल, विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालका एचआर उदयप्रसाद साह, मोरङ सहकारी अस्पतालका एचआर धरणी खनाल, कम्प्युटर एसोसिएसनका अजित चापागाईंलगायतले रोजगारी सिर्जनाका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो । उहाँहरुले युवाहरुलाई स्वरोजगारमूलक तालिम दिनुपर्नेमा जोड दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।