विराटनगरलाई समावेशी सहर बनाउने प्रयास जारी छ – मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरलाई महिलामैत्री र समावेशी सहर बनाउने प्रयासहरू जारी रहेको बताउनुभएको छ ।

संघीय राजधानीमा काठमाडौंमा सम्पन्न दक्षिण एसियाली महिला सम्मेलनलाई सम्बोधन गर्दै मेयर कोइरालाले लैंगिक उत्तरदायित्वभित्र रहेर बजेट बनाउने गरेको सुनाउनुभयो । ‘हाम्रो लैङ्गिक लेखा परीक्षणमा उच्च अंक छ, समतामूलक सामाजिक संरचना निर्माण गर्नका लागि हामी हाम्रा योजना, बजेट र कार्यहरूका सन्दर्भमा संवेदनशील छौं ।

हाम्रो महानगरको न्यायिक निकायमा महिला, अपाङ्गता भएका व्यक्ति र सीमान्तकृतहरूलाई निःशुल्क कानुनी सहायताको व्यवस्थासहितको सहज पहुँच छ,’ मेयर कोइरालाले भन्नुभयो, ‘तर पनि हामीले धेरै काम गर्नुछ । यस सम्मेलनले विराटनगरमा पनि स्थानीय विकासका विभिन्न क्षेत्रमा थप सहकार्यका लागि नेटवर्क निर्माण गर्छ । नागरिक समाज, विकास साझेदार, निजी क्षेत्र र थिंक ट्याङ्कहरूलाई विराटनगर आउन आग्रह गर्दछु ।’ विराटनगरलाई कसरी आधुनिक, जीवन्त सहरमा परिणत गर्ने भन्ने योजना बनाइरहेको उहाँको भनाइ थियो ।

उहाँले नेपालमा महिलाको आर्थिक र राजनीतिक सशक्तीकरणका हिसाबले उल्लेख्य प्रगति भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचित निकायमा महिलालाई ३३ प्रतिशत आरक्षणको संवैधानिक व्यवस्था छ ।

यसले संसद, प्रदेश र स्थानीय सरकारमा महिलाको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।’ तीन दिनसम्म सञ्चालन भएको सम्मेलनमा दक्षिण एसियाका विभिन्न देशका प्रतिनिधिको सहभागिता रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।