झापाको गौरादह जेसीजद्वारा नाट्य कार्यशाला गोष्ठी सुरु

झापा : झापाको गौरादह जेसीजले नाट्य कार्यशाला गोष्ठी सुरु गरेको छ ।

जेसीजले गौरादह नगरपालिका वडा नं १ सँगको सहकार्यमा उक्त गोष्ठी सुरु गरेको हो ।

दुर्व्यसनी बढ्ने क्रममा परिवार समाज र राष्ट्रको नभएर अन्तर्राष्ट्रिय रूपमा समस्या र चुनौतीको विषय बनिरहेको अवस्थामा नाटक मार्फत जनचेतना फैल्याउन नाट्य कार्यशाला गोष्ठी सुरु भएको गौरादह जेसीजका अध्यक्ष खड्ग थापाले बताए ।

दुर्व्यसनी विरुद्ध सचेतना फैल्याउन , निबन्ध प्रतियोगिता, स्कुलमा गएर सचेतना फैल्याउने, वक्तृत्वकला प्रतियोगिता तथा नाटक प्रदर्शन मध्ये नाटक प्रदर्शन रोजेर सोही अनुसार अघि बढिएको अध्यक्ष थापाले बताए ।

कला साहित्यको पनि विकास हुने व्यवसायी नाटकको रूपमा जान का निमित्त यो नाट्य कार्यशाला कोशे ढुङ्गो साबित हुने महसुस गरेर नाट्य कार्यशाला सुरु गरेका हौ । अध्यक्ष थापाले भने ।

दुर्व्यसनी विरुद्ध सचेतना फैल्याउने र गौरादहमा साहित्य कला र नाटकको विकास गर्ने मुख्य उदेश्य रहेको उनले प्रस्ट पारे ।

नाट्य कार्यशालामा विभिन्न ठाउँ विभिन्न क्षेत्रका मानिसहरू शिक्षक , विद्यार्थी , जेसिजकर्मी सामाजिक संघसस्थामा काम गर्ने व्यक्तित्वहरू सहभागी भएको अध्यक्ष थापाले बताए । यो नाट्य कार्यशालाले समाजमा नयाँ आयाम थप्ने विश्वास लिएको उनले बताए ।

२२ जना सहभागी रहेको नाट्य कार्यशाला ८ गते सम्म चल्ने र ९ गते देखी विद्यालय , अभिभावक शिक्षक र विद्यार्थीहरूलाई लक्षित गरेर प्रदर्शनी गरिने अध्यक्ष थापाले जानकारी दिए ।

२०२४ को पहिलो महिना जनावरीमा गौरादह जेसीजको कार्यभार सम्हालेका अध्यक्ष थापाले समाजमा सचेतनामूलक विभिन्न कार्यहरू गर्दै आइरहेका छन् ।

थापा अध्यक्ष पदमा निर्वाचित भएयता नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसिआइ सिनेटर रविन पोखरेल प्रमुख आतिथ्यमा जेसीज दशक स्मारिका अङ्कुरण विमोचन एवम् जेसीज साँझ कार्यक्रममा गजलकार प्रदीप रोदन, रङ्गकर्मी तथा कवि भरत बर्बरिक, कवि खगेन्द्र न्यौपाने, कवि रिता पोख्रेलको रचना वाचन गौरीगञ्ज बहुमुखी क्याम्पस, गौरीगञ्जमा हात्तीपाइले रोग विरुद्ध विद्यार्थी अभिमुखीकरण कार्यक्रम , गौरादह नगरपालिका २ नम्बर वडामा समुदायमा पनि सचेतना कार्यक्रम सञ्चालन गरिसकेका छन् ।

साथै वर्ष २०२४ भरि लागु औषध दुर्व्यसनी अभियान सञ्चालन अन्तर्गत राय, सुझाव सङ्कलन तथा अन्तर्क्रिया कार्यक्रम ,समुदाय केन्द्रित सचेतना कार्यक्रम सम्पन्न पनि सम्पन्न भइसकेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।