युनियनको स्वास्थ्य उपचार कोषमा रकम जम्मा हुने क्रम सुरु

विराटनगर । नेपाल प्रेस युनियन कोशी प्रदेशले सामाजिक सुरक्षा र स्वास्थ्य उपचार कोष स्थापना गर्ने निर्णय गरेको दुई दिन नबित्दै सहयोग रकम जुटेने क्रम सुरु भएको छ ।

बिहीबार नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लवदेव ढुंगानाले २५ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । युनियनको प्रदेश कार्यालय पुगेर ढुंगानाले आफ्नो जन्मदिनको अवसर पारेर युनियनका प्रदेश अध्यक्ष मीनकुमार नवोदितलाई अक्षयकोषका लागि २५ हजार नगद हस्तान्तरण गरेका हुन् । त्यस्तै बिहीबार नै नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशका उपाध्यक्ष डिकप्रसाद घिमिरेले २ हजार १ सय र नेपाली लेखक संघ कोशी प्रदेश अध्यक्ष गोकुल अधिकारीले १ हजार १ सय रुपैयाँ हस्तान्तरण गरे ।

प्रदेश युनियनको सचिवालयले १ करोडको स्वास्थ्य उपचार कोष स्थापना गर्ने निर्णय गरेको थियो । युनियनको ३३ औं स्थापना दिवसका अवसरमा जेठ १० गते विराटनगरमा हुने विशेष समारोहमा कोषको औपचारिक घोषणा हुने प्रदेश अध्यक्ष मीनकुमार नवोदितले जानकारी दिए ।

कोषमा विषयमा विदेशमा रहेका युनियनकर्मी र शुभेच्छुकबाट आएको प्रतिक्रियाबाट निकै उत्साहित भएको नवोदितले बताए । स्थापना दिवसका अवसरमा युनियनले जेठ १० गते पत्रकारबीच खुल्ला दौड प्रतियोगिता, अग्रज पत्रकार सम्मान, विचारगोष्ठी, युनियनको प्रदेश भेलालगायतका कार्यक्रम गर्दैछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।