कोशीमा बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत

बिराटनगर, जेठ ६। । इलाका प्रहरी कार्यालय ईटहरी सुनसरीका प्रहरी सहायक हवल्दार सुरज कुमार भुजेल र कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरमा कार्यरत प्रहरी जवान शम्शेर बहादुर मगर बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी ( BEST POLICE OF THE MONTH) घोषित भई पुरस्कृत भएका छन् ।

कोशी प्रदेश भरी कार्यरत रहेका प्रहरी कर्मचारीहरु मध्येबाट उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुको छनौट गरी पुरस्कृत गर्दै आईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले बैशाख महिनामा उत्कृष्ट कार्य गर्ने उनीहरुलाई महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो ।

पुरस्कृत भएका भुजेलले ईटहरीमा भएका हत्याका घटनाहरुका प्रतिवादीहरुलाई पक्राउ गर्नुका साथै लागुऔषध कारोबारीहरुलाई समेत पक्राउ गर्न सफल भएको तथा मगरले तालिम केन्द्रमा बाधापार ईभेन्ट्स निर्माण लगायत प्रशिक्षण एवं पुर्वाधारको स्तरोन्नतिमा महत्वपुर्ण भुमिका निर्वाह गरेकोले उनीहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी ( BEST POLICE OF THE MONTH) घोषित गरी पुरस्कृत गरिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।