उदयपुरको रौतामाईमा चट्याङले लागेर एक महिलाको मृत्यु
उदयपुर, जेठ ६ । उदयपुरको रौतामाई गाउँपालिका-७ सिम्ले स्थितमा हावाहुरी र पानीसंगै आएको चट्याङले लागेर स्थानीय ५३ बर्षीय चन्द्री तामाङको मृत्यु भएको छ ।
आज राती साढे १ बजे आफ्नै घरमा सुतीरहेको अबस्थामा अचानक हावाहुरी पानी सँगै आएको चट्याङले लागेर परियारको घटनास्थलमानै मृत्यु भएको थियो ।
घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।


