धरानबाट २१ लाख बढी मूल्यको अवैध समान बरामद
सुनसरी, जेठ ६ । सुनसरीको धरान उप-महानगरपालिका-८ स्थित अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा भन्सार छलीका अवैध समानहरु नियन्त्रणमा लिएको छ ।
शनिवार राती साढे ८ बजे तिनकुनेबाट खटिएको प्रहरी टोलीले ईटहरीबाट धरानतर्फ जाँदै गरेका बिभिन्न सवारी साधानहरुलाई चेकजाँच गर्दा उक्त सबारी साधनहरुबाट बिलबिजक नभएको बिभिन्न कम्पनीको पेय पदार्थ, सिमेन्ट, र गाडीका पार्ट्सहरु गरी अन्दाजी २१ लाख २६ हजार ८२८ रुपैँया बराबरको सामान बरामद गरेको हो ।
बरामद भएका समानहरु आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरी पठाएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।


