होटल तथा पर्यटन व्यवसायी महासंघ मधेशको पर्यटन प्रर्वद्वन अभियान वारावाट शुभारम्भ

विशाल बस्नेत/ महोत्तरी । होटल तथा पर्यटन व्यवसायी माहासंघ मधेश प्रदेश पर्यटकीय गन्तव्यहरुको पर्वद्वनमा जुटेको छ । माहासंघले मधेशका ८ वटै जिल्लामा रहेका पर्यटकिय क्षेत्रको प्रचारप्रसार र पर्वद्वन गर्ने उदेश्यले बाराको पर्सा राष्ट्रिय निकुञ्जवाट यस्को औपचारिक पारम्भ गरेको हो ।

सनिवार एक कार्यक्रमको विच पर्सा राष्ट्रिय निकुञ्जमा किन पर्यटकहरुको आवागमन भैइरहेको छैन भन्न्ने बिषयमा सरोकारवालाहरुसगँ समीक्षा गरिएको थियो ।

सगैँ सिमाना जोडिएको चितवन राष्ट्रिय  निकुञ्जमा बार्षिक ३ लाख पर्यटक भित्रिने तथ्यांकले देखाएको छ तर  अवलोकनका हिसावले त्याँहा भन्दा  बढी वन्यजन्तु र पशुपंक्षी रहेको निकुञ्जका वार्डेन रामचन्द्र खतिवडा वताउछन ।

यती हुँदा पनि पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटकहरुको आकर्षण न्यून देखिएपछी पर्यटन व्यवसायी माहासंघले जनप्रतिनिधि तथा सरोकारवालाहरुलाई सहभागी गराएर  आर्थिक समुन्न्तीको मुख्य मेरुदण्ड पर्यटन विकासमा चासो वढाउन ध्यानाकर्षण गराएका थिए ।

सन २०२२ को तथ्यांकअनुसार अहिले पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वटा बाघ, १६४ वटा गौरिगाई, ६५ वटा हात्ती, ४९० भन्दा बढी प्रकारका चरा लगायत विभिन्न जनावर र पशुपंक्षि पाईन्छ । हात्तिमा जंगल विचरण गर्न समेत पाइने पर्सा राष्ट्रिय निकुञ्ज देश कै कान्छो निकुञ्ज पनि मानिन्छ जुन २०७३ सालमा निकुञ्ज घोषणा भएको थियो ।

 होटल तथा पर्यटन व्यवसायी माहासंघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले पर्यटन विकासमा प्रदेश र स्थानिय सरकार गम्भीर वन्नुपर्ने धारणा राखे । प्रत्येक पालिकाहरुमा नगर पर्यटन बोर्ड गठन गरेर पर्वद्वन र  विकासमा परिचालन हुनुपर्ने वताउदै मधेशमा पाइने विशिष्ट विविधताले पर्यटन हव वनाउन सकिने प्रसस्त आधारहरु भएको उन्को भनाई छ ।

माहासंघले मधेशका ८ वटै जिल्लाका सम्भावित पर्यटकीय क्षेत्रलाई पहिचान गरि हरेक महिनाको ५ गते प्रदेशभरीका पत्रकारहरुलाई बोलाएर प्रचारप्रसार सम्मेलन गर्ने योजना वनाएको छ ।

वाराको जितपुर सिमरा उपमाहानगरपालिका अन्तर्गत निकुञ्जमा भएको कार्यक्रमवाट उत्साहित भएका व्यवसायीहरु निजि लगानी भित्र्याउने बिषयमा सकारात्मक देखिएका छन । पर्यटन विकासमा निजि क्षेत्रको ठूलो भुमिका रहने वताउदै कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले व्यवसायीहरुलाई लगानीमैत्री वातावरण तयार गर्नेमा बिस्वस्त दिलाए ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।