विराटनगरमा बिजुलीको बल्ब लगाउने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु
मोरङ,जेठ ७ । मोरङको बिराटनगर महानगरपालिका- १९ का ३० बर्षिय राजु ऋषिदेवको करेन्ट लागेर मृत्यु भएको छ ।
आईतवार बेलुका ९ बजे आफ्नै घरमा बिजुलीको बल्ब लगाउने क्रममा अचानक करेन्ट लागि घाईते भएका उनलाई उपचारको लागि कोशि अस्पताल बिराटनगर लागिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।


