झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ

बिराटनगर, जेठ ८ । कोशी प्रदेशको झापा, मोरङ र सुनसरी जिल्लाका बिभिन्न स्थानहरुबाट सोमबार प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले सोमवार दिउँसो सुनसरीको कोशी गाउँपालिका-१ पुरी टोलबाट ईनरुवा नगरपालिका-६ का २६ बर्षीय सुशान्त खनाललालाई ३ ग्राम ९१ मिलिग्राम ब्राउनसुगर र १ थान मोवायल सहित पक्राउ गरेको हो भने सोही टोलीले सोमवार अपरान्ह भोक्राहा नरसिंह गाउँपालिका-६ बाट सुन्दरहरैचा नगरपालिका-७ मोरङका २० बर्षीय बिमल चौधरी र २१ बर्षीय निकेश चौधरीलाई ३ ग्राम ४९ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-१६ बाट दुहवी-२ का २० बर्षीय शुसान्त चौधरीलाई २ ग्राम ३९ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित सोमवार दिउँसो पक्राउ गरेको हो ।

यस्तै लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचिनगर नगरपालिका-६ बाट दमक नगरपालिका-९ का २७ बर्षीय आषिश खडियालाई ५ ग्राम १०० मिलिग्राम लागुऔषध सहित सोमवार साँझ पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीलेर थप अनुसन्धान गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।