झापा र मोरङबाट मोटरसाईकल चोरीमा संलग्न ७ जना पक्राउ

बिराटनगर, जेठ ९ । झापा र मोरङको छुट्टाछुट्टै स्थानहरुबाट मोटरसाईकल चोरीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो साढे १० बजे झापाको कनकाई नगरपालिका-३ र ४ स्थितमा चोरीको मोटरसाईकलहरु रहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीको टोलीले झापाको कनकाई नगरपालिका- ४ का १८ बर्षिय प्रियंक कडेल, २१ वर्षिय कृष्ण घिमिरे, १८ बर्षिय नबिन बस्नेत, १५ बर्षिय बालक र कनकाई नगरपालिका-३ का १८ बर्षिय सम्रिक चुडाललाई प्रदेश १-०२-०१ प ३१४६ नम्बरको KTM डुक, मेची ९ प ६४६१ नम्बरको NS र प्रदेश ३-०२-००९ प ५२२१ नम्बरको CROOS FIRE मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो ।

त्यस्तै मोरङको बिराटनगर महानगरपालिका-७ बाट प्रदेश १-०२-०४४ प ७०२९ र कोशी १८ प ८८६८ नम्बरको बिभिन्न कम्पनीको मोटरसाईकल चोरीमा संलग्न भारत विहारका २० बर्षीय साजिद रजा र २८ बर्षीय एहसान सेखलाई पक्राउ परेको हो ।

पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।