धनकुटाको सहिदभूमिका एक ब्यक्ति १ किलो बढी गाँजा सहित पक्राउ

बिराटनगर, जेठ १० । धनकुटाको सहिदभुमि गाउँपालिका- ५ का २१ बर्षीय संन्देश राईलाई १ के.जी. ७०० ग्राम गाँजा सहित सहिदभुमि गाउँपालिका-६ बाट प्रहरी चौकी आखिसल्लाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

त्यसैगरि हिजो दिउँसो ४ बजे झापाको बिर्तामोड नगरपालिका-५ सुकुमबासी टोल स्थित लागुऔषध कारोबार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट नयाँबसपार्कबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-५ का ३६ बर्षीय कृष्ण ठाकुर र सुनसरी दुहवी घर भई हाल बिर्तामोड-४ बस्दै आएका ४२ बर्षीय खड्ग नारायण चौधरीलाई चेकजाँच गर्दा उनिहरुको साथबाट ब्राउन सुगर ७ ग्राम ५१० मिलिग्राम, २५४ ग्राम गाँजा र नगद २ हजार ६७० रुपैया फेला पारी पक्राउ गरेको हो भने सोहि दिन प्रहरी चौकी मेचीपारीबाट झापाको भद्रपुर नगरपालिका-३ स्थितमा खटिएको प्रहरी टोलीले मे. ४ प १६९६ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा मोटरसाईकल चालक भद्रपुर-२ का २८ बर्षीय योगेश आलेको साथबाट फेनारगन र डाईजेपाम गरी जम्मा ९ एम्पुल प्रतिबन्धित औषधी फेला पारी नियन्त्रणमा लिएको हो ।

त्यसैगरी मोरङको बिराटनगर-१६ दरैया चोकबाट ७३ मिलिग्राम ब्राउन सुगर सहित कैलालीका २५ बर्षीय धिरज बिश्वकर्मालाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको टोलीले पक्राउ गरेको हो । त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका-११ गाईघाट स्थित घरमा कोठा भाडा लिई बस्दै आएका सप्तरीका २९ बर्षीय दिपक बस्नेत, २९ बर्षीय प्रकाश खड्का र ३२ बर्षीय सुदर्शन गेलाललाई १ के.जी.१० ग्राम लागुऔषध गाँजा सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थपअनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।