बुद्ध जयन्तीमा विद्यार्थीले गरे गुम्बाको सरसफाइ

अत्तरिया । कैलालीको अत्तरियामास्थित किड्स जोन एकेडेमीका विद्यार्थीले गोदावरीमा रहेको बौद्ध गुम्बाको सरसफाइ गरेका छन्। बुद्ध जयन्तीको पूर्वसन्ध्यामा बुधबार विद्यार्थीहरूले गोदावरीमा रहेको बौद्ध गुम्बाको सरसफाइ गरेका हुन्।

विद्यालयले कक्षा २ र ३ का विद्यार्थीलाई बौद्ध गुम्बामा अध्ययनका लागि लगेको थियो। गुम्बामा केही समयको अध्ययन पश्चात विद्यार्थीले सरसफाइ गरेको विद्यालयका सञ्चालक मदन जोशीले बताए।

उनले भगवान गौतम बुद्धको जीवनयात्रा, बुद्धसँग सम्बन्धित विभिन्न विषयवस्तु र बौद्ध धर्मको बारेमा विद्यार्थीलाई ज्ञान प्रदान गर्ने उद्देश्यलका साथ विद्यार्थीलाई गुम्बा अवलोकनका लागि लगिएको बताए।

विद्यार्थीहरूले गुम्बाका लामाबाट भगवान गौतम बुद्ध र र बौद्ध धर्मको बारेमा जानकारी लिएका थिए। 

विद्यार्थीहरूले एक साथ दुई वटा ज्ञान प्राप्त गरेको उनको भनाइ छ। भगवान गौतम बुद्धका बारेमा ज्ञान प्राप्त गर्नुका साथै हाम्रा सम्पदा सफा राख्नुपर्छ भन्ने ज्ञानसमेत विद्यार्थीले प्राप्त गरेको उनको भनाइ छ। जोशीले आगामी दिनमा पनि यस्ता खाले क्रियाकलाप गर्दै अगाडि बढ्ने बताएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।