अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा

बिशाल बस्नेत/१० जेठ, महोत्तरी  । अवैधानिकरुपमा नदीजन्य  पदार्थ ओसारपसार गरिरहेका टिपरहरुलाई स्थानियहरुले नै नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका छन ।

महोत्तरीको बर्दिवास नगरपालिका स्थित  निर्माणधीन रेल्वे स्टेसनमा वुधवार विल र भिसिटिएस विना ओसारपसार गरिरहेका ५ वटा टिपरहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका हुन ।

ना ६ ८०९६, ना १ क ५३२०, ना ६ ख ७५३६, ना १ क ७०६७, ना १ क ९५११ नम्बर प्लेटका टिपरहरुलाई रोकेर कागजपत्र माग्दा देखाउन नसकेपछि नियन्त्रणमा लिएर जिम्मा लगाएको स्थानीय निरज अधिकारीले जानकारी दिए ।

पक्राउ परेका टिपरहरुको बिषयमा अनुसन्धान भईरहेको इलाका प्रशासन कार्यालय बर्दिवासले जनाएको छ । ‘टिपरहरुको  कागजपत्र नभएको र मापदण्डविपरित ओसारपसार गरिरहेको पाइएको छ ।’ इलाका प्रहरी कार्यालय प्रमुख रेवतीरमन पोखरेलले भने । ‘आज छुट्टी भएको हुनाले नगरपालिकालाई जिम्मा लगाउन पाइएन ।’

उक्त नदीजन्य पदार्थ काँहावाट उत्त्खनन गरिएको भन्ने समेत खुल्न सकेको छैन । पछिल्लो समय नगर क्षेत्रमा अवैधानिक उत्त्खनन भईरहेको वेला रेल्वेले समेत सोत नै पहिचान नगरी माल खरिद गर्नु गलत भएको भन्दै स्थानियहरुले विरोध गरेका छन ।

स्रोत पहिचान विना नदीजन्य पदार्थ विक्रीवितरण गर्न नपाईने व्यवस्था छ तर क्रसर व्यवसायीहरुले समेत स्टक प्रमाणीकरण नगरी निर्माणाधीन रेल्वे स्टेसनमा वेचिरहेको पाईएको छ । राजस्व छली गरेर खुलेआम नदीजन्य पदार्थ विक्रिवितरण हुदा पनि सरोकारवालाहरू मौन रहेको भन्दै स्थानियहरुले खवरदारी गरेका हुन ।

पछिल्लो दुई दिनमा मात्र ७ वटा मालवाहक टिपरलाई नियन्त्रणमा लिएर प्रहरीले कारवाही प्रक्रिया अगाडी वढाएको छ ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।