ताप्लेजुङको फुङलिङबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

ताप्लेजुङ, जेठ ११ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका- ४ स्थितबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो साढे १ बजे लागुऔषधको बेचबिखन भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले फुङलिङ नगरपालिका-७ का ४८ बर्षीय कुमार भन्ने प्रेम कुमार गुरुङलाई फेला पारी चेकजाँच गर्दा उनको साथबाट १६ मिलिग्राम ब्राउनसुगर, नगद ३ हजार ७ सय ५०० रुपैँया र १ थान मोवाईल बरामद गरेसगै नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको उनलाई सोधपुछ गर्दा फुङलिङ नगरपालिका-१ का ३७ बर्षीय चन्द्र बहादुर लिम्बु समेत बेचबिखनमा संलग्न रहेको प्रारम्भिक अनुसन्धान खुल्न आएसगै लिम्बुलाई समेत पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।