महानगरका सबै विभागका प्रतिनिधिलाई ‘सार्वजनिक निजी साझेदारी कार्यक्रम’ सम्बन्धी तालिम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अभ्यास गरिरहेको सार्वजनिक निजी साझेदारी कार्यक्रमका विषयमा विभागका अधिकारीबिच समान वुझाइ विकास गर्न २ दिने तालिम आयोजना गरिएको छ । सार्वजनिक निजी साझेदारी एकाइले सबै विभागबाट एक एक जना प्रतिनिधि बोलाएर विभागसँग कस्ता कार्यक्रम हुन सक्छन्, यी कार्यक्रमलाई कसरी कार्यान्वयनमा लैजान सकिन्छ भन्ने विषयमा सैद्धान्तिक छलफल र व्यवसायिक कार्ययोजना निर्माणको अभ्यास गराइएको छ । 

तालिममा निजी साझेदारी कार्यक्रमको अवधारणा, परिचय र महत्व, नेपालको सन्दर्भमा सार्वजनिक निजी साझेदारी कार्यक्रमको सफल अभ्यास, सम्भावना र चुनौती, सार्वजनिक निजी साझेदारी अवधारणाका लागि सम्भावित र महत्वपूर्ण आयोजनाहरु, साझेदारी कार्यक्रमका अङ्गहरु र व्यवसायिक कार्ययोजना निर्माण अभ्यास, योजना छनोटका सूचक, विधि र प्रक्रियालगायत विषय समेटिएका थिए । यस्तै बजारीकरण र उत्पादन योजना, संस्थागत प्रबन्ध (संगठन र व्यवस्थापन) तथा वित्तीय योजना र योजना विश्लेषण तालिममा समेटिएका थिए । 

कार्यक्रममा महानगरपालिकाको सार्वजनिक निजी साझेदारी बोर्डका सदस्य एवं वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले नीतिमा समस्या भए जनप्रतिनिधिले काम गर्नु पर्ने, कार्यान्वयनमा समस्या भए कर्मचारीले काम गर्नुपर्ने बताए । यस्तै बोर्डका अर्का सदस्य एवं वडा नंं ३० का अध्यक्ष दलबहादुर कार्कीले, साझेदारीबाट गरिने कामको प्राथमिकता निर्धारण गर्नु पर्नेमा जोड दिए । 

सार्वजनिक निजी साझेदारी कार्यक्रमको मुख्य मर्म भनेको सबै पक्ष लाभान्वित हुनु हो । यसमा लगानी गर्ने पनि र नगर्ने पनि लाभान्वित हुनुपर्छ । लगानी गर्नेहरुको लगानी सुरक्षा तथा प्रतिफल र लगानी नगर्नेहरुका लागि सेवा उपभोगको अवसरले साझेदारी कार्यक्रम सफल हुने हो । यसमा निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण स्पष्ट बनाउनुपर्छ । कार्यक्रममा सहरी योजना आयोगका सदस्य डा. सुरजराज काफ्लेले धारणा राखे । 

सबै अवधारणा सबै ठाउँमा कार्यान्वयन अनुकुल नहुन सक्छन् । कार्यक्रममा आयोगका अर्का सदस्य प्रसुन्न बज्राचार्यले स्थानीय अवस्था र आवश्यकताबाट परियोजनाको ढाँचा एकिन गर्नु पर्ने बताए । 

एकाइका प्रमुख नरेन्द्रबिलास बज्रचार्यकाअनुसार महानगरपालिकाले २०५६ सालबाट सार्वजनिक जिनी साझेदारी अवधारणाअनुसार कार्यक्रम थालेको हो । यसपछि कति योजना सफल भए, कति योजना सफल  बनाउन पुरक सम्झौता गर्नु परेको छ । कति योजनामा सम्झौता गरेर काम थालनी भयो तर कार्य सम्पन्न भएन । यसकारण विगतको अभ्यास अध्ययन विश्लेषण गर्नु र महानगरपालिकाले जारी गरेको ऐन कार्यान्वयन गर्न नियमावली तर्जुमा गर्नु अहिलेको आवश्यकता रहेको छ । 

 तालिमका प्रशिक्षक विश्व कार्कीले, निजी साझेदारीका कार्यक्रम सञ्चालन गर्नु पूर्व कार्यक्रमका अन्तरपक्षमध्ये पनि लगानी, निर्माण, सञ्चालन तथा व्यवस्थापनको दायित्व, दिगोपना, हस्तान्तरणजस्ता पक्षमा स्पष्ट हुनुपर्ने र जोखिम आँकलन गर्नु पर्ने बताए । यस्तै अर्का प्रशिक्षक शुशिलकुमार शर्माले,  साझेदारी कार्यक्रमबाट छिटो नतिजा प्राप्त हुने, सञ्चालन र व्यवस्थापनमा अपनत्व तथा दिगो उपयोगमा योगदान हुने बताए । 

तालिममा वातावरण व्यवस्थापन विभाग, पूर्वाधार निर्माण, सहरी यातायात सञ्चालन व्यवस्थापन जस्ता सञ्चालनमा रहेका परियोजनालाई प्रतिनिधि अवस्था मानेर यसका चरण, लाभ, हुनुपर्ने र भएको अवस्थाका विषयमा अन्तरक्रिया गरिएको थियो । यस्तै यी परियोजनाको व्यवसायिक कार्ययोजना निर्माण अभ्यास गरिएको थियो । 

तालिमपछि अधिकारीहरुमा साझेदारी कार्यक्रममा पीटु (पोलिसी एण्ड प्लेस) र एमथ्री (मनी, म्यानेजमेन्ट र म्यानपावर) कार्यक्रम सञ्चालन, व्यवस्थापन, स्वामित्व र लाभका विषयमा एउटै धारणा विकास भएको हामीले अपेक्षा गरेका छौँ । तालिमको नतिजाका विषयमा वरिष्ठ शाखा अधिकृत कविता राईले जानकारी दिइन् । 

सार्वजनिक निजी साझेदारी बोर्ड

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को संयोजकत्वमा सार्वजनिक निजी साझेदारी बोर्ड गठन भएको छ । उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत, प्रदीप परियार, सहरी योजना आयोगका उपाध्यक्ष, डा. सुमननरसिंह राजभण्डारी बोर्डका सदस्य रहेका छन् । यस्तै वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापती, ९ का अध्यक्ष रामजी भण्डारी र ३० का अध्यक्ष दलबहादुर कार्की, सार्वजनिक निजी साझेदारी कार्यक्रमका विज्ञ सुदीप ढकाल सदस्य छन् । सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख नरेन्द्रबिलास बज्राचार्य बोर्डको सदस्य सचिव छन् । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।