सिद्धकाली आधारभूत विद्यालयद्वारा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान

विराटनगर । विराटनगर वडा नम्बर ५ स्थित सिद्धकाली आधारभूत विद्यालयले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको छ ।

विद्यालयको ३५ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उहाँहरुलाई सम्मान गर्नुभयो । विद्यालयको सल्लाहकारमा रहेर सहयोग गरेको भन्दै समाजसेवी केदार कार्की, शिक्षासेवी तथा युवानेता रुपेश खतिवडा, समाजसेवी मनमोहन श्रेष्ठ, वडा सदस्य अन्जु दाहाल, युवा नेता उद्धव कोइराला, पुष्प कटवाल, राजेश गिरी, अमित अग्रवाल, विद्यालयका पूर्वप्रधानाध्यापक देवनारायण मण्डललगायतलाई सम्मान गरिएको थियो ।

मेयर कोइरालासहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र यादव र प्रधानाध्यापक राजेन्द्रकुमार थापाले सम्मानपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धिमा महानगरपालिका लागिपरेको बताउनुभयो । उहाँले विद्यालयको भौतिक संरचनामा समेत कुनै कमी हुन नदिने गरी महानगरपालिकाले काम गरिरहेको जानकारी दिनुभयो ।

मेयर कोइरालाले सामुदायिक विद्यालयका सबै कक्षाकोठामा पंखा जडान गरिने बताउनुभयो । गरिब तथा सीमान्तकृत वर्गका बालबालिका पढ्ने सो विद्यालयमा हाल १५० जना विद्यार्थी अध्ययनरत रहेको प्रअ थापाले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।