विराटनगरबाट ब्राउनसुगर सहित एक जना पक्राउ
मोरङ, जेठ १२ गते । मोरङको बिराटनगर-१५ स्थितबाट लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् ।
हिजो दिउँसो १ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिए हको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेका पैदल यात्री भारत बिहारका २२ बर्षीय मुजमिल अन्सरीलाई शंका लागी चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ६ मिलिग्राम ब्राउनसुगर बरामद भएको हो ।
ब्राउनसुगर सहित पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको छ ।
