ताप्लेजुङमा भैँसीलाई करणी गर्दै गरेको अवस्थामा पक्राउ परे युवक

ताप्लेजुङ । ताप्लेजुङमा जवरजस्ती करणी गर्न खोज्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा फुङलिङ नगरपालिका १० फुरुम्बुका २९ वर्षीय बिक्रम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार तामाङले बुधबार साँझ ५ बजे विद्यालयबाट घर फर्किदै गरेको अन्दाजी १६ वर्षीय युवतीलाई जवरजस्ती करणी गर्न खोजेको अभियोगिमा पक्राउ गरि अनुसन्धान सुरु गरिएको छ । जवरजस्ती करणी गर्न खोज्दा युवतीले हारगुहार गरेपछि नजिकका स्थानीय घट्नास्थलतर्फ पुग्न साथ तामाङ फरार भएका थिए ।

फरार रहेका तामाङलाई खोजी गर्ने क्रममा बुधबार साँझ साढे ६ बजे गोठमा बाँधेको भैँसीलाई करणी गर्दै गरेको अवस्थामा स्थानीयले फेलापारी प्रहरीलाई बुझाएको प्रहरी निरीक्षक लुङगेलीले जानकारी दिनुभयो ।

प्रहरी नियन्त्रणमा रहेका तामाङलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ अन्तर्गत जवरजस्ती करणी उद्योग र पशु करणी कसुरमा अदालतबाट हिरासतमा राख्ने ७ दिने म्याद लिई अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।