पाँचथरको हिलिहाङमा दुर्घटना,एक जनाको मृत्यु
पांचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ हेवाखोलास्थित सडकमा ताप्लेजुङबाट झापातर्फ जाँदै गरेको बा.१७ च ७९९९ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा चालक बाँके नेपालगन्ज घर भएका ३५ वर्षीय श्याम विकको मृत्यु भएको छ ।
शुक्रवार भएको सो दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार १ जनालाई थप उपचारको लागि झापातर्फ रिफर गरिएको छ ।
