सुनसरीको बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना ! छोराको मृत्यु, बाबु घाइते

इटहरी : सुनसरीको बराहक्षेत्र २ स्थित करमखोला पुल नजिकै भित्री सडकखण्डमा मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा छोराको मृत्यु भएको छ भने बाबु घाइते भएका छन् ।

तेह्रहड्डीबाट चतरातर्फ जाँदै गरेको को २८ प ४७५८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शनिबार दिउँसो ३ः३० बजेतिर दुर्घटना हुँदा मोटरसाइकलमा सवार ७ वर्षीय अनुभव बस्नेतको मृत्यु भएको हो ।

मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय पुष्प बस्नेतको अनुहार र बायाँ हातमा चोट लागेर घाइते भएका छन् ।

उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकलमा पछाडि सवार उनका छोरा अनुभवको भने उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।