विराटनगरबाट लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ
बिराटनगर, जेठ २८ गते । कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले आज अपरान्ह लागुऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरेको छ ।
मोरङको बिराटनगर महानगरपालिका- १५ स्थितमा चेक जाँचको क्रममा मोरङ लेटाङ नगरपालिका-९ का २२ बर्षीय प्रबिन बिष्टको साथबाट ब्राउन सुगर ९ ग्राम ३१ मिलिग्राम सहित पक्राउ गरेको हो ।
लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।


