कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु,५ घाईते

मोरङ, जेठ २९ गते । मोरङको बिराटनगर महानगरपालिका- ४ दुधफारम स्थित कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।

हिजो दिउँसो ३ बजे नेमुवाबाट बिराटनगर तर्फ आउदै गरेको प्र. १-०४-००१ ज ००१४ नम्बरको म्याजिक र बाटो क्रस गर्दै गरेको ना. ७ ख १८७६ नम्बरको ट्याङकर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा घाईते भएका म्याजिक चालक ईटहरी- १७ का ३० बर्षीय तिलक साहको उपचारको क्रममा गोल्डेन अस्पताल बिराटनगरमा मृत्यु भएको छ भने म्याजिकमै सवार अन्य घाईते बिराटनगर- ६ का ३६ बर्षीय शंखर प्रसाद शर्मा, ३५ बर्षीय मुन्ना कुमार दास, दुहबी- २ का ४० बर्षीय सबिना खातुन, रंगेली- ८ का २४ बर्षीय अमित सरदार र चुईचुम्मा गाउँपालिका-७ खोटाङका २२ बर्षीय सजिन मगरको सोहि अस्पतालमा उपचार भईरहेको छ ।

दुर्घटनामा संलग्न ट्याङ्कर र चालक सप्तरीका ३६ बर्षीय संजिव कुमार ठाकुर जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।