महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका निर्देशक सुवेदीको कुर्सी विद्यार्थीले झुण्डाए रुखमा

विराटनगर, जेठ ३० गते । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस मोरङ विराटनगर विशेष शैक्षिक कार्यव्रmम अन्तर्गत व्यवस्थापन सङ्काय निर्देशक डा. मोहन सुवेदीको कुर्सी विद्यार्थीले रुखमा झुन्ड्याएका छन् ।

पुस्तक तथा पिउने पानीको प्रबन्ध मिलाउन नसकेको आरोपमा सुवेदीको कुर्सी मङ्गलबार रुखमा झुन्ड्याइएको हो । सुवेदी कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कार्कीको आर्थिक सल्लाहकारमा नियुक्त हुनुभएको छ ।

मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त हुनु अगावै निमित्त निर्देशक डा. शिवचन्द्र चौधरीलाई दिइसक्नुभएका सुवेदीको कार्यकक्षमा केही दिनअगाडि नै तालाबन्दी गरिएको थियो । तालाबन्दी गरिएका कारण निर्देशकको नेमप्लेट यथावत् थियो ।

विद्यार्थीले मङ्गलबार कार्यकक्षको ताला खोलेर नेमप्लेटसहित कुर्सी रुखमा झुन्ड्याएको घटना प्राज्ञिक मर्यादाविपरीत भएको क्याम्पस प्रमुख डा. रामवतार शरणले बताउनुभयो । क्याम्पस प्राज्ञिक केन्द्र भएकाले टिठलाग्दा घटना हुनु दुःखद भएको प्रमुख शरणको भनाइ छ ।

क्याम्पसको विशेष शैक्षिक कार्यव्रmम अन्तर्गत व्यवस्थापन सङ्कायको निर्देशक सुवेदी अहिले कार्यरत हुनुहुन्न तर पनि विद्यार्थीले राजनीतिक पूर्वाग्रह राखेर यस्तो काम गरेको आशङ्का गरिएको छ । सुवेदीले यसमा विद्यार्थी मात्रै नभई प्राज्ञिक वर्गको समेत उक्साहट भएको हुन सक्ने आशङ्का गर्नुभयो । उहाँले राजीनामा दिएर आइसकेको व्यक्तिको कुर्सी रुखमा झुन्ड्याउँदा स्नातक र स्नातकोत्तर अध्ययनरत विद्यार्थीको स्तर मापन हुने बताउनुभयो ।

पुस्तक, पिउने पानीलगायत क्याम्पसमा आवश्यक पर्ने व्यवस्थापन मिलाउन नसकेको आरोप लगाउँदै निर्देशकको कुर्सी रुखमा झुन्ड्याइरहँदा काठमाडौँमा क्याम्पस प्रमुखले पुस्तक ‘लोड’ गरिसकेको बताउनुभयो । क्याम्पस प्रमुख शरणले भन्नुभयो, “उहाँ मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त भएपछि निमित्त दिइसक्नुभएको थियो । निमित्त दिइसकेपछि यस्तो कार्यले प्राज्ञिक थलोको मर्यादा त गिराउँछ । म काठमाडौँमा आएर विद्यार्थीको माग अनुसार पुस्तकको व्यवस्थापन गरेर लोड गरिसकेको छु, उहाँ (सुवेदी) कै पालामा पहल भएको हो । नियमिततर्फका पढाइ गत २३ गतेदेखि बन्द छन् । विशेष शैक्षिक कार्यव्रmम र आन्तरिकतर्फका कार्य सञ्चालनमा रहेका छन् ।”

अनावश्यक विवादमा पार्ने गरी कुर्सी रुखमा झुन्ड्याएर विद्यार्थीले आफ्नै स्तर कमजोर बनाएको घटनामा विद्यार्थी विभाजित देखिएका छन् । आइतबार मात्रै मोरङ क्याम्पसका विद्यार्थीले प्रदेश योजना आयोग उपाध्यक्षको गाडीमा आगजनी गरेका थिए । त्यही दिन पाञ्चालीस्थित होटल कञ्चनजङ्घाबाहिर पार्किङमा राखिएका विद्युत् प्राधिकरणका पाँच वटा गाडी तोडफोड गरिदिएका थिए । क्याम्पस प्रमुख शरणले क्याम्पसमा नराम्रोसँग राजनीति जकडिएकाले यस्तो समस्या बारम्बार दोहोरिने गरेको बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।