कुकुरलाई क्रुरतापुर्वक हत्या गर्ने इलामका ३ जना पक्राउ
इलाम, असार ३ गते । गत जेठ ३२ गते सामाजिक संजाल “भुत प्रेत” नामक पेजमा एउटा कुकुरलाई लाठ्ठीले बारम्बार प्रहार गरी क्रुरतापुर्वक निर्मम तरिकाले हत्या गरी खाल्डो खनि पुरेको भिडियो अपलोड गरेर सार्बजनिक गरिएको थियो ।
भाईरल बनाएकोमा उक्त घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलाम र मातहत प्रहरीबाट उक्त भिडियो कसले अफलोड गरेको र कुकुरको हत्या कसले गरेको भन्ने बिषयमा अनुसन्धान तथा खोजी कार्य सुरु गरेको थियो ।
अनुसन्धानका क्रममा आज इलाम जिल्ला देउमाई नगरपालिका ९ जितपुर बस्ने बर्ष २१को दिक्षान्त मोरोहाङ लिम्बु, सोही स्थान बस्ने बर्ष १७ को संगम लिम्बु र सोही स्थान बस्ने बर्ष १७ को अशोक लिम्बुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भईरहेको छ ।
यसरी कुकुरलाई हत्या गर्ने बिरुद्ध पशु कल्याण संघ नेपालले “पशुपंक्षी सम्बन्धी कसुर” अन्तर्गत आजै जिल्ला प्रहरी कार्यालय इलाममा जाहेरी दरखास्त समेत दिएको छ ।
