लगातारको वर्षाले झापामा डुबान, पहिरोबाट पनि क्षति

बिर्तामोड, असार ४ । लगातारको वर्षाले झापामा डुबानका साथै पहिरोबाट पनि क्षति पुगेको छ । अर्जुनधारामा पहिरोका कारण एक परिवार विस्थापित भएको छ ।

अर्जुनधारा-२ को लाप्चेटारमा पहिरो खस्दा स्थानीय पुष्पा समाल मगरको घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मगरको परिवारका सदस्यलाई सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाइएको छ । पहिरो खस्ने कार्य जारी रहेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ ।

त्यस्तै, अर्जुनधारा-१ मा खानेपानी मुहानमा क्षति पुगेको छ भने अर्जुनधारा २ रातेमा मदन भण्डारी मार्ग उत्तर १० घर डुबानमा परेका छन् ।

लाप्चेटार सहकाले जाने बाटो पूर्ण अवरोध भएको र केही ठाउँमा खेतीयोग्य जमिन गोयाङ र टाङटिङ नदीले कटान सुरु गरेको छ ।

त्यस्तै, अर्जुनधारा ३ मा सुखानी खोलाको कज्वेमा पूर्ण रुपमा क्षति पुगेकाले यातायात आवतजावत बन्द भएको रेडक्रस झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।