मोरङको रतुवामाईमा चट्याङले लागेर १६ बर्षीया किशोरीको मृत्यु
मोरङ । मोरङको रतुवामाई नगरपालिका-४ झुर्कियामा चट्याङले लागेर मंगलबार बिहान एकजना किशोरीको मृत्यु भएको छ।
अविरल वर्षासँगै परेको चट्याङले १६ वर्षीया विपना महतोको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार घरमै बसिरहेका बेला बिहान ७:३० बजेतिर चट्याङले लागेर विपना गम्भीर घाइते भएकी थिइन्।
चट्याङले लागेर बेहोस भएकी उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्याउनसाथ ८:३० बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमै राखिएको छ l
