साइबर अपराधको आरोपमा पथरीका पत्रकार गोपाल काफ्ले पक्राउ

मोरङ – मोरङ पथरीका पत्रकार गोपाल काफ्ले पक्राउ परेका छन्।

सामाजिक सञ्जालमा अप्रमाणित विषयमा स्टाटस लेखेर चरित्रहत्या गरेको आरोपमा मोरङ पथरीशनिश्चरे–१ का काफ्ले पक्राउ परेका हुन्।

उनलाई मंगलबार साइबर अपराध अपराध सम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान थालेको हो।

काफ्लेले प्रमाणबिना पथरीशनिश्चरे नगर पूर्वप्रमुख दिलीपकुमार राईको फोटो आँखामा पट्टी लगाएर पोष्ट गरेका थिए। यसैगरी, संविधानसभा सदस्य चण्डीप्रसाद राई, पूर्वप्रदेश सभा सदस्य कृष्णकुमारी राईको तस्बिर पनि पोष्ट गरेका थिए।

काफ्लेलाई साइबर अपराध सम्बन्धी अनुसन्धान गर्न पक्राउ गरिएको मोरङ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले बताए। जिल्लाले आदेश दिएपछि इलाका प्रहरी कार्यालय पथरीका डिएसपी गणेश श्रेष्ठले काफ्लेलाई पक्राउ गरेर जिल्ला पठाएका थिए।

काफ्ले पक्राउ परेकोबारे विभिन्न व्यक्तिको स्टाटसबाट सार्वजनिक भएपछि उनी आफैंले पनि स्टाटस कपी गरेर राखेका छन्।

काफ्लेले प्रमाणबिना शंका र कसैले भनेकै भरमा स्थानीय व्यक्तिहरुलाई गम्भीर अपराधीझैं आँखामा पट्टी समेत लगाएर सामाजिक सञ्जालमा पोष्ट गर्दै आएका थिए।

प्रमाणित नहुने विषय फेसबुकमा लेख्नुहुन्न भनेर सम्झाउँदा समेत नमान्ने फाफ्लेले पछिल्लो समयमा निवर्तमान पथरीशनिश्चरे नगर प्रमुख दिलीपकुमार राईको फोटो तानेर गम्भीर अपराधीझैं आँखामा पट्टी लगाएर फोटो पोष्ट गरेका थिए।

यस्तै, पथरीशनिश्चरे नगरपालिकाका स्वास्थ्य प्रमुख मुरारी आचार्यलाई पनि उनले गम्भीर अपराधीझैं तस्बिर राखेका थिए। आचार्यले जिल्ला अदालत मोरङमा मानहानी सम्बन्धी उजुरी दिएपछि मुद्दा काफ्लेविरुद्ध चलिरहेको छ।

यसैगरी, पथरीशनिश्चरे–१ नं. वडा कार्यालयको बद्नाम हुने विषयमा प्रमाणबिनै सामाजिक सञ्जालमा लेखेपछि इलाका प्रहरी कार्यालय पथरीमा उजुरी परेको थियो। सो कसुरमा प्रहरी कार्यालयमा लिखित रुपमा माफी मागेपछि काफ्लेलाई छाडिएको थियो।

पछिल्लो समयमा एक किशोरीलाई उचालेर पथरीशनिश्चरे नगर स्वास्थ्य प्रमुख मुरारी आचार्यलाई दुर्व्यवहार गरेको भन्न लगाएर ‘ब्लाकमेलिङ गरेको’ आचार्यले बताएका छन्। सो विषय कसैले नपत्याएपछि किशोरीलाई मुरारी आचार्यविरुद्ध बोल्न लगाएर अडियो, भिडियो रेकर्ड गर्ने र सार्वजनिक गर्नुअघि विभिन्न व्यक्तिहरूमार्फत् उनलाई पुर्‍याएर रकमको बार्गेनिङ गर्न खोजेको विषय यसअघि सतहमा आएको थियो।

पैसा खर्च नगरेपछि रेकर्ड गरेको २/३ दिनपश्चात् अडियो, भिडियो सामाजिक सञ्जालमा अपलोड गरेर काफ्लेले ब्लाकमेलिङ गरेको ठहरसहित अदालतमा मुद्दा लगाएको बताए।

काफ्लेले लेखेको विषयमा पीडित व्यक्तिहरू प्रमाण लिएर आउन र काफ्लेलाई यस्तो कुराबाट सचेत गराउन भन्न थालेपछि पत्रकार महासंघ र पत्रकार सम्बन्धी संस्थाहरू उनीउपर बोल्न छाडेका छन्।

काफ्लेले पटक-पटक माफी मागे पनि समाजमा पक्षपातपूर्ण, भ्रम छर्ने र पुष्टि नहुने विषयमा आफैं लागेर विभिन्न निकाएमा मुद्दा लगाउने, मुद्दा हालें भनेर सञ्जालमा प्रचार गर्ने गरेका छन्।

पिटाइ खाएको, लेखाइ अपुष्ट भएर माफी मागेको, मानिस उचालेर मानहानी गराउन तल्लीन र देखादेखि मानिसलाई आक्रोशित-आक्रमक बनाउन बाध्य बनाउने स्टाटसहरू राख्दै आएको उनका फेसबुकमा देखिन्छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।