इलाममा बाटोमा छाताले बिद्युत तारमा छुन पुग्दा करेन्ट लागेर एक जनाको मृत्यु
इलाम, असार ५ । इलामको फाकफोकथुम गाउँपालिका-६ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ६६ बर्षीय कुल बहादुर बिश्वकर्मा रहेका छन् । हिजो बिहान ९ बजे पानी परिरहेको बेला छाता ओडी गाउँ तर्फ जाँदै गरेको अवस्थमा बाटोमा छाताले बिद्युतको तारमा अचानक छुन पुग्दा करेन्ट लागी उनको घटना स्थलमा नै मृत्यु भएको थियो ।
मृतक लाशलाई आवश्यक कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल इलाम पठाएको छ भने घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भईरहेको छ ।


