इलाम- १ मा पुन: निर्वाचन गर्न झलनाथले दायर गरेको रिट खारेज

काठमाडौँ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सर्वोच्चमा दायर गरेको मुद्दा खारेज भएको छ । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले खनालको रिट खारेज हुने फैसला सुनाएको हो ।

रिट खारेज भएसँगै महेश बस्नेतले वैधानिकता पाएका छन् । २०७९ मङ्सिरमा भएको निर्वाचनको परिणामलाई लिएर सर्वोच्चमा दायर भएको मुद्दा करिब १८ महिनापछि पेशी चढेको थियो ।

एकीकृत समाजवादीका नेता खनाल इलाम– १ प्रतिनिधिसभाको चुनावमा पराजित भएका थिए ।  उनी एमालेका महेश बस्नेतसँग पराजित भएका थिए । बस्नेतले २५ हजार ७५३ मत प्राप्त गरेका थिए भने खनालले २३ हजार ८९ मत प्राप्त गरेका थिए ।

पराजित भएपछि खनालले निर्वाचन बदर गरी पुनः मतदानको माग गर्दै २०७९ मंसिर २७ गते रिट दायर गरेका थिए । उक्त रिटमा २०७९ पुस ६ गते कारण देखाऊ आदेश जारी भएको थियो । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।