कटहरियाको ५२ करोड बढीको बजेट प्रस्तुत, कृषि क्षेत्रलाई बिशेष प्राथमिकता

सञ्जय मिश्रा/ रौतहट ,५ असार । रौतहटको कटहरिया नगरपालिकाको १० औं नगरसभाको उदघाटनसत्र सम्पन्न भएको छ । बुधवार नगरपालिकाको प्राण्गणमा आयोजित एक भब्य समारोहका बिच नगरसभा सम्पन्न भएको हो । जिल्लाको १८ स्थानिय तहमध्ये यो आर्थिक बर्षमा सबैभन्दा पहिले कटहरिया नगरपालिकाले नगरसभाको आयोजना गरेको हो ।

कार्यक्रमका अध्यक्ष मेयर अजय प्रकाश जैसवाल र प्रमुख प्रशासकिया अधिकृत उपसचिव सुरेन्द्र प्रधानले संयुक्त रूपमा आठौ बजेटसभा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ५२ करोड, ३१ लाख, ७२ हजार ३८४ रुपैया ४० पैसाको बजेट प्रस्तुत गरेका थिए । प्रस्तुत बजेटमा कृषिलाई बिशेष प्राथमिकतामा राखिएको छ ।

कृषि व्यवसायी तथा किसानलाई प्रोत्साहन स्वरुप कृषि विद्युत मिटर जडान गरि कृषि कार्यमा उठेको विद्युत महसुल नगरपालिकाले सतप्रतिशत अनुदान दिईने भनिएको छ ।

यसैगरी कृषिमा आधुनिक ब्यवसाय गर्ने फर्मलाई प्रोत्साहन स्वरुप अनुदान दिने,कृषिको बहुउद्देश्यीय भवन बनाईने ,कृषि सामाग्री उपलब्ध गराई बीउ बिजन भण्डारण तथा बिक्रि बितरणको ब्यवस्था गरिने छ । पशुपन्छी ,मत्स्य, पालन भुमी ब्यब्स्था तथा सहकारी ,पर्यटन तथा संस्कृतिमा स्थानिय पर्यटन,उध्योग बाणिज्य तथा बित्तिय र समाजिक बिकास तर्फ जोर दिइएको छ ।

शिक्षा तथा खेलकुदमा क्याम्पस अध्यनरत विद्यार्थीहरुलाई पठन पाठनमा लाग्ने शुल्कमा  क्याम्पसलाई विशेष अनुदानको ब्यब्स्था समेत मिलाईएको छ । नगर सभामा स्वास्थ्य क्षेत्रमा १५ शैयाको अस्पताल निर्माणमा निरन्तरता दिदै नगर भित्र निशुल्क एम्बुलेन्स सेवा उपल्ब्ध गराईने  भएको छ ।

यसैगरि स्वच्छ खानेपानीको लागी संचालित परियोजना मार्फत सहयोगलाई निरन्तरता दिने, सरसफाई अन्तर्गत स्वचछ शहर कटहरिया नगरको नारा समेत अवलम्बन गरिने बताईएको छ।सभामा लैङिक समानता तथा सामाजिक समाबेसिकरण समेत समेटिएको छ ।

पुर्वाधार विकास तर्फ नगर भित्रका सडक तथा पुल, सिचाई तथा नदी नियन्त्रण , भवन तथा शहरी विकास,सन्चार,उर्जा समेत समेटिएको  छ।  वातावरण  तथा बिपद व्यब्स्थापन तर्फ, संस्थागत बिकास तथा सेवा प्रवाह  र बित्तिय व्यब्स्थापन लगायतका कार्यक्रमहरु समावेस गरिएको छ।
मेयर अजय प्रकास जैसवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधान,९ मध्ये ७ वडाका अध्यक्ष, कार्यपालिका सदस्यहरू, कटहरिया नगर भित्रका सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरु, लगायतको सहभागिता रहेको थियो। नगरसभामा उपमेयर रिता देवी यादव, वडा ४ का अध्यक्ष चन्दन कुशवाहा,५ का अध्यक्ष सर्फलाल गुप्ता अनुपस्थित रहेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।