सुनसरीको लौकहीबाट छुरा प्रहार गरी हत्या गरेको आरोपमा १ जना पक्राउ

विराटनगर, असार ७ । कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह PIT र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले छुरा प्रहार गरी हत्या गरेको आरोपमा विराटनगर-४ का २४ बर्षीय गणेश भन्ने रमेश यादबलाई पक्राउ गरेको छ ।

असार ५ गते बुधबार राती रमेश यादबले छिमेकीको घरमा पाहुना आएका दुहबी नगरपालिका-१२ सुनसरीका २३ बर्षीय अक्लेश कुमार यादबलाई सामान्य वाद विवादका क्रममा धारीलो हतियार छुरा प्रहार गरेका थिए ।

छुरा प्रहारबाट घाईते भएका यादबको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको थियो । घटनामा संलग्न रमेश यादबलाई प्रहरीले भाग्दै गरेको अवस्थामा सुनसरीको लौकहीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका यादबको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।