मनसुनजन्य विपदका लागि विराटनगर महानगरद्वारा द्रुत प्रतिकार्य टोली गठन

विराटनगर । मनसुनजन्य विपदबाट हुने जोखिम न्यूनीकरण, रोकथाम, उद्धार र राहतसहितका तयारीका लागि विराटनगर महानगरपालिकाले द्रुत प्रतिकार्य टोली गठन गरेको छ ।

प्रमुखस्तरीय निर्णयअनुसार सामान्य प्रशासन महाशाखाका प्रमुख अर्जुन थपलियाको संयोजकत्वमा द्रुत प्रतिकार्य टोली गठन गरेको हो । टोलीको सहसंयोजकमा सरसफाई शाखा प्रमुख पुनमकुमार दाहाल रहनुभएको छ ।

त्यस्तै आर्थिक व्यवस्थापनमा संजीवकुमार भट्टराई, आवास व्यवस्थापनमा कृष्ण भट्टराई, पशुपंछी व्यवस्थापनमा शुभनारायण यादव, स्वास्थ्य व्यवस्थापनमा डा. दिलीपकुमार यादव, पूर्वाधार व्यवस्थापनमा इन्जिनियर अर्जुन थापा रहनुभएको छ । त्यस्तै खाद्य व्यवस्थापनमा रामहरि कोइराला, उद्धार तथा सुरक्षा व्यवस्थापनमा राजन पौडेल, प्रशासन तथा सचिवालय व्यवस्थापनमा अनिता न्यौपाने, सरसफाई व्यवस्थापनमा किरण न्यौपाने र सञ्चारमा मीनकुमार नवोदित रहने गरी प्रतिकार्य टोली गठन गरिएको मेयर नागेश कोइरालाले जानकारी दिनुभयो ।

बाढी र डुबानबाट प्रभावितको उद्धार, बासस्थान तथा आश्रयस्थान व्यवस्थापन, खाद्य, औषधि उपचार, राहत वितरणलगायतको व्यवस्थापनको सम्पूर्ण तयारी गर्नेछ । ‘प्रतिकार्य टोलीमा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतज्यूसँग समन्वय गरी विपदका लागि आवश्ययक सामग्री खरिद वा भाडामा लिन सक्ने, कर्मचारी परिचालन, स्रोत परिचालन, विषयगत कार्यालय, संस्था समन्वय र बैठक, विद्यालय व्यवस्थापन, अस्थायी शौचालय, बालबालिका खेल सामग्री, शिविर सञ्चालनलगायतका अन्य विपद व्यवस्थापन कार्य गर्नेगरी जिम्मेवारी दिइएको छ,’ निर्णयमा उल्लेख छ ।

यसअघि महानगरले मनसुनजन्य विपद व्यवस्थापन र न्यूनीकरणका लागि सरोकारवाला कार्यालय र संघसंस्थाका प्रतिनिधिलाई बोलाएर तयारी तीव्र पार्ने निर्णय गरिसकेको छ । विशेष गरी विराटनगरका वडा नम्बर ९ र १० बाहेकका अधिकांश वडा बाढी र डुबानबाट प्रभावित हुँदै आएका छन् । मेयर कोइरालाले खोला छेउछाउ बसोबास गर्ने महानगरवासीलाई सतर्कता अपनाउन आग्रहसमेत गर्नुभएको छ । उहाँले निरन्तर ठूलो वर्षा भएको अवस्थामा बाढी आउनुपूर्व नै सुरक्षित स्थानमा सर्न बाढी र डुबानको जोखिम क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई अपील गर्नुभयो । महानगरले वडास्तरमा उद्धारपछि राख्नका लागि सामुदायिक भवन, विद्यालयसहितका सार्वजनिक स्थलहरुको पहिचान गरी तयारीसमेत गरेको छ ।

वडाध्यक्षको संयोकत्वमा वडास्तरमा विपद व्यवस्थापन समिति पनि रहने गर्दछ । सो समितिले वडास्तरमा हुने विपदको व्यवस्थापन गर्नेछ । वडास्तरमा अध्यक्ष वा अध्यक्षले तोकेको जनप्रतिनिधि संयोजक रहनेगरी सुरक्षा निकाय, रेडक्रस र युवा स्वयंसेवक प्रतिनिधि रहनेगरी द्रुत लेखाजोखा टोलीसमेत गठन गरिसकिएको महानगरको विपद शाखाकी प्रमुख अनिता न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार टोलीलाई क्षमता विकाससम्बन्धी तालिमसमेत दिइसकिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।