पदयात्रामा पहिचान भएका ३ दर्जन पर्यटकीय गन्तव्यको सुची सहितको प्रतिवेदन हस्तान्तरण

विशाल बस्नेत/ महोत्तरी । पर्यटकिय गनतव्यको खोजीमा जुटेको बर्दिवास उधोग बाणिज्य संघले प्रदेश र स्थानिय सरकारलाई प्रतिवेदन पेश गरेको छ । स्थलगत पदयात्राका क्रममा नगर क्षेत्रमा पहिचान गरिएका पर्यटकिय गन्तव्यहरुको सुची सहित आज प्रतिवेदन पेश गरेको हो ।

उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाको नेतृत्वमा हस्तान्तरण गरिएको उक्त प्रतिवेदनमा धार्मिक, पुरातात्त्विक र पर्यटकिय हिसावले आकर्षित गर्न सक्ने ३२ ठाउँ समावेश गरिएको छ । प्राकृतिकरुपमा भेटिएका गिद्वका बासस्थान देखि जर्मन नागरिक गुड्रन कार्विन्सले पत्ता लगाएको मध्य पाषण युगको हतियार कारखानालाई समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पुस देखि सुरु भएको यो अवधीमा गुड्रन कार्विन्सले पत्ता लगाएको हतियार कारखानालाई पुरातात्त्विक पर्यटन केन्द्र वनाउने गृहकार्य सुरु भएको छ । उधोग बाणिज्य संघको नेतृत्वमा पदयात्रीहरुको एउटा समूह संघिय सरकारको पर्यटन मन्त्रालय र प्रदेश सरकारमा पुगेर पुरातात्त्विक पर्यटन केन्द्रकोरुपमा विकास गर्न ध्यानाकर्षण समेत गराईएको थियो । 

परिणामस्वरूप संघ सरकारले ८० लाख र प्रदेश सरकारले ४५ लाख गरी १ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै धार्मिक पर्यटनका हिसावले उर्वर मानिएको बर्दिवासलाई प्राचीन मण्दिर र गुम्बाहरुको विषयमा अध्यण गरि प्रतिवेदनमा गुरुयोजनाको मार्गचित्र समेत वनाईएको छ ।

प्रतिवेदनको अर्को छाया कपि भने होटल तथा पर्यटन व्यवसायी माहासंघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमलाई हस्तान्तरण गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।