आभा फाउन्डेसनद्वारा असहाय परिवारलाई सहयोग

विराटनगर । धनपाल गाउँपालिकाको कर्सिया क्षेत्रमा बस्ने एक असहाय परिवारको लागि ‘आभा फाउन्डेसन’ले सहयोग गरेको छ । स्थानीय लक्ष्मी साहको आमाबुबाको मृत्यु भएको र उनको लागि ७० वर्षकी हजुरआमाले मागेर जिवन चलाउनु पर्ने बाध्यता छ ।

आभा फाउन्डेसनकी अध्यक्ष सीता शाहको नेतृत्वमा, अम्बिका शाह, आर्यन स्वर्णकार र गोविन्द शाह लगायतका सदस्यहरूले व्यक्तिगत हिसाले सहयोग गरेका हुन् । उनीहरूले यो प्रयास पर्याप्त नभएको बताउँदै समुदायका अन्य सदस्यहरूलाई पनि सहयोग गर्न आह्वान गरेका छन्।
‘हामीले गरेको सहयोग मात्र पर्याप्त छैन,’ फाउन्डेसनकी अध्यक्ष साहले भनिन्, ‘हामी समुदायका सबै सदस्यहरूलाई आ–आफ्नो क्षमता अनुसार सहयोग गर्न अनुरोध गर्दछौं।’

सहयोग गर्न इच्छुक व्यक्तिहरूले लक्ष्मी साहलाई सिधै ९८१०५५०१२४ नम्बरमा सम्पर्क गर्न सक्ने आभा फाउन्डेसनले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖