करोडौंको जग्गा हड्पेर बनाइएको घरमा वन कार्यालयले चलायो डोजर

मुकेश कुमार यादब/सिरहा, ११ असार। सिरहामा वनको जग्गा अतिक्रमण गरी बनाईएको घरमा डिभिजन वन कार्यालयले डोजर चलाएको छ। करिव २ वर्ष अगाडी पुर्व पश्चिम राजमार्ग संगै टासिएको करिव ४ कठ्ठा वनको जग्गा अतिक्रमण गरी बनाएको चार कोठे घरमा  जडिभिजन वन कर्यालय लहानले आज डोजर लगाएर घर भत्काएको हो । 

जिल्लाको गोलबजार नगरपालिका ९ चोहर्वा व्यारेक नजीक स्थानीय सत्यदेव यादवले वनको करिव करोडौंको जग्गा अतिक्रमणगरी बनाएको चारकोठे भवन वनकार्यालयले भत्काएका छन्। 

निर्माणाधिन अवस्थामै वन कार्यालयले निर्माणकार्य रोक्न मौखिक तथा लिखित अनुरोध गर्दागर्दै निर्माण गरेको भन्दै वनको अतिक्रमण नियन्त्रण गर्ने योजना अनुसार आज  घर भत्काएको डिभिजनल वनकार्यालय लाहानका अधिकृत सुजीत कुमार झाले जानकारी दिए। 

उनले वनको जमिनमा घर निर्माणकै क्रममा हामीले पटक पटक मौखिक तथा लिखित जानकारी गराउँदा–गराउँदै २०७९ को निर्वाचनको समय पारेर घर निर्माण गरेको बताए। 

वन अधिकृत झाले भने, ‘हामीले निर्माणकै क्रममा पटक पटक मौखिक तथा लिखित सूचना गरेकै हो। उहाँले कर्मचारी निर्वाचनमा खटिएको मौका छोपेर, मतदानको दिनपारेर छत ढलान गर्नुभयो। आज हामीले सवै प्रकृया पुरा गरेर घर भत्काएका हौं।’
उनले कार्यालयबाट १५ दिने सूचना काटेर आज नेपाल प्रहरी, सशस्त्रप्रहरीको सहयोगमा जग्गा खाली गराएको जानकारी दिए। 

सोही वडाका वडा अध्यक्ष सुरेन्द्र कुमार सिंहले पनि निर्माणको क्रममा आफूले लिखित र मौखिक रुपमा घर नवनाउन भनेपनि उनले अटेर गरेर घर बनाएको बताए।  

यादवको वनसँगै जोडिएको घरमा तीन तल्ले भवन रहेको छ। उनीहरुले आफ्नो अगाडीको सरकारी जमिन भएकोले आफूहरुले प्रयोग गरेको दावी गरे। उनीहरुले भने, ‘हाम्रो अगाडीको जमिन हो, अन्यले पनि प्रयोग गरिरहेका छन्, मारुती सिमेन्ट उद्योगले प्रयोग गरिरहेको छ। हामीले पनि घर बनायौं।’

उनीहरुलाई तपाईहरुको घर हो भन्नु हुन्छ, किन भत्कायो? भनि सोध्दा ‘मैले बोलेर घर फर्किन्छ र?’ भन्दै प्रतिकृया दिन चाहेनन्। सिरहामा भु–माफियाहरुले रानितिक प्रभावमा व्यापक रुपमा वनको जग्गाहरु अतिक्रमण गरेको स्थानिहरुको भनाई छ। अतिक्रमित जग्गाहरु संरक्षण गर्नुपर्न स्थानियहरुको माँग छ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।