फेसबुकमा जथाभावी लेख्ने गोपाल काफ्ले २० हजार धरौटीमा छुटे

पथरी । सामाजिक सञ्जाल फेसबुकमा प्रमाणित नहुने विषय जथाभावी लेखेर प्रहरी नियन्त्रणमा परेका मोरङ पथरीशनिश्चरे-१ का गोपाल काफ्ले सोमबार २० हजार धरौटीमा रिहा भएका छन्।

पक्राउ परेको सात दिनपछि जिल्ला अदालत मोरङले सोमबार (असार १० गते) २० हजार धरौटीमा काफ्लेलाई रिहा गरेको जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुख नवराज कार्कीले बताए।

प्रहरीको नियन्त्रणमा परे पनि आफू पक्राउ नपरेको भन्दै गोपाल काफ्लेले समाजमा भ्रम सिर्जना गर्न खोजेका थिए।

काफ्लेले पटक-पटक अप्रमाणित विषयमा चरित्र हत्या हुने गरी सामाजिक सञ्चालमा तस्बिरसहित लेखेपछि विद्युतीय कारोबार ऐन (साइबर) अपराध सम्बन्धी जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी परेको थियो।

गोपाल काफ्लेले प्रमाण बिना पथरीशनिश्चरे नगर स्वास्थ्य विभाग प्रमुख मुरारी आचार्य, नगर पूर्वप्रमुख दिलीपकुमार राई (किशोर)को फोटो पोष्ट गरेका थिए।

संविधानसभा सदस्य चण्डीप्रसाद राई, पूर्वप्रदेश सभा सदस्य कृष्णकुमारी राईको तस्बिर पनि यसैगरी पोष्ट गरेका थिए।

जिल्ला प्रहरी कार्यालय मोरङको आदेश अनुसार असार ४ गते इलाका प्रहरी कार्यालय पथरीका डिएसपी गशेण प्रधानले पक्राउ गरेर जिल्ला पठाएका थिए।

साइबर अपराध गरेको दाबीसहितको मुद्दामा पक्राउ परेका काफ्लेलाई एक रात जिल्ला प्रहरीको नियान्त्रणपछि खोजेको बेला उपस्थित हुने गरी हाजिरी जमानीमा छाडिएको थियो।

नगर स्वास्थ्य विभाग प्रमुख मुरारी आचार्यले जिल्ला अदालत मोरङमा काफ्लेविरूद्ध मुद्दा हालेका छन्। उक्त मुद्दामा गोपाल काफ्लेसँगै रकमको बार्गेनिङ गर्ने पत्रकार नरेन्द्र बस्नेतलाई पनि विपक्षी बनाइएको छ।

बस्नेतलाई काफ्लेको सहयोगी बन्दै आचार्यसँग रकमको बार्गेनिङमा संलग्न भएको आरोप आचार्यले लगाएका छन्।

केही महिनाअघि यसैगरी पथरीशनिश्चरे-१ का वडाध्यक्षको बदनाम हुने विषय उठाएपछि इलाका प्रहरी कार्यालय पथरीमा उजुरी परेको थियो। सो विषयमा प्रहरी कार्यालयमा लिखित रुपमा माफी मागेपछि  काफ्लेलाई छाडिएको थियो ।

केही वर्षअघि यसैगरी अप्रमाणित विषय लेखेपछि डेरामै गएर एक समूहले काफ्लेलाई कुटपिट गरेका थि । त्यो प्रकणमा नेपाल पत्रकार महासंघ, कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा सम्बद्ध पत्रकारहरू बसेर छलफल गर्दा झुटो प्रमाणित भएको र आगामी दिनमा प्रमाणबिना भ्रामक नलेख्न अनुरोध गरिएको थियो। सो बेला फिटाइबाट घाइते काफ्लेको उपचार खर्च नेपाल पत्रकार महासंघले व्यहोर्ने सहमति भएको थियो।

काफ्लेले समाजिक सञ्जालमार्फत् पूर्व तथा वर्तमान जनप्रतिनिधिहरू, विभिन्न ठेकेदार, व्यवसायी, सामाजिक-राजनीतिक व्यक्तिहरूलाई पुष्टि नहुने विषयमा लेखेर पैसा माग्ने गरेको स्वास्थ्य शाखा प्रमुख आचार्यले बताउँछन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।