अनियमितता ढाकछोप गर्न जीतपुरसिमराको नगर सभामा वितण्डा

बारा । जीतपुरसिमरा वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेब खरेलले मेयर राजन पौडेलको दुरासयका कारण सोमवारको नगर सभामा दुःखद घटना भएको आरोप लगाएका छन् । 

वडा अध्यक्ष खरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत नगरवासीहरुमा हार्दिक अपीलभन्दै लेख्नुभएको ‘स्टाटस’ मा यस्तो आरोप लगाएका हुन् । उनले जीतपुरसिमराको १०औं नगरसभामा भएको घटनामा मेयर पौडेल जिम्मेवार रहेको भन्दै ९ वटा आरोप लगाएका छन् । उनले मेयरले डिपीआरको नाममा ८२ लाख मिलेर हिनामिना गरेको र उपमहानगरपालिका वडा नम्बर ११ मा अबैध माटो चोरी काण्डमा करोडौं रकम  गुपचुप पार्न खोजेको, नगरभित्र शिक्षा क्षेत्र सुधार्ने नाममा चोर बाटोबाट दिइएको लाखौं पेस्की र काठमाडौको झा नेतृत्वको टोलीसंग भएको अबैध साँठगाँठ सार्वजनिक नहोस् भन्ने उद्देश्यले नगरसभामा भाँडभैलो गरेको आरोप लगाएका हुन् । 

त्यसैगरी गढीमाई नगरपालिका हुँदादेखि नै व्यपारीहरुलाई लाभ हुने गरी दिएको छुट, जीतपुरसिमरामा व्यापार संघ हुँदाहुदै वीरञ्जका व्यपारीलाई आर्थिक सल्लाहकार राखी उद्योगहरुबाट सेटिङ्ग गर्दै करोडौं रकम असुल गरेको घटना, नवलपरासी जिल्लादेखिका आफ्ना आसेपासे, नातेदार र कार्यकर्तालाई कमाउन दिएको योजनाबारे सार्वजनिक नहोस भन्ने मनसायले नगरप्रमुख पौडेले यस्तो कार्य गरेको वडा अध्यक्ष खरेलको भनाई छ । 

त्यस्तै कोटेशन अनिवार्य गर्दा  ठेकेदारहरुले दिने १५ प्रतिशत कमिशनको लोभमा परेर नगरबाट ठुला योजनाबाट विकास गराउने नाममा ३ पुस्तालाई पुग्ने सम्पत्ति कमाउन, विभिन्न कार्यक्रमको नाममा होटलको बिल, इन्धन र नगरभित्रको सम्पूर्ण खरिद समानबाट लिएको कमिशन सार्वजनिक हुने डरले पनि यस्तो घटना घटाइएको खरेलको आरोप छ ।  

यसअघि कार्यपालिका र नगर सभाको नाममा चोर बाटोबाट अबैध र नितिगत भ्रष्टाचारका निर्णय छिराएकोले सोको पर्दाफास हुन्छ भन्ने डरले पनि मेयर पौडेल त्रसित बनेको उनको भनाई छ । वडा अध्यक्ष खरेलले विगत २ वर्षयता भएका यस्ता धेरै गलत कार्यहरूका कारण हालसम्म एक पटक पनि नगरको सार्वजनिक सुनुवाइ (जनतालाई खर्च र बिकास अनि भए गरेका कामको सार्वजनिक) गर्न नसकेको बताएका छन् । 

वडा अध्यक्ष खरेलले नगरपालिकाभित्र भएका अन्य अनिमितताका घटनामा पनि प्रमाणसहित आगामी दिनमा फेसबुकमा पोस्ट गर्ने चेतावनीसमेत दिएका छन् ।

उनले अगाडि लेखेका छन् – ‘गत आर्थिक वर्षमा ६७ करोड घाटा बजेट बनाएर नगरलाई असफल बनाउने सल्लाहकारको योजनामा चल्नुभएका मेयर पौडेलमा पैसाको नाममा दम्भ अनि घमण्ड बढेकोले नगरसभामा भएको सोमवारको घटनाले प्रष्ट पारेको छ ।’

जीतपुरमा नगरसभा बोलाएर सिमरा प्याराडाइज होटलमा बसेर नेताको परिवारलाई नोकरी र अन्य सदस्यलाई पैसाको प्रलोभनमा पारेर दस्तखत गराएको तथा बाक्लो सुरक्षा घेराभित्र सभा हल प्रवेश गर्नुभएका मेयर पौडेलले जम्मा २७ जना सदस्यले मात्रै उपस्थिति रेकर्ड गराएकोले २५ प्रतिशतको लागि आवश्यक ३१ सभासदको संख्या नपुग्दै कार्यक्रम शुरु गरेर नीति कार्यक्रम र बजेट सिलिङ्ग घोषणा नगरी तान्डब नृत्य मच्चाएको र सम्पन्न भनेको भनिएको सभाको बैधता र कार्यान्वयन कसरी होला भन्ने प्रश्न पनि वडा अध्यक्ष खरेलले गरेका छन् । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।