झापा बिर्तामोडका सुरेश कटुवा पेस्तोल सहित पक्राउ

बिर्तामोड, असार १३ । प्रहरीले झापा बिर्तामोडका एक व्यक्तिलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड–७ फक्तालुङ (सिरान) टोल बस्ने ३० वर्षीय सुरेश पराजुली रहेका छन् ।

घरमा कटुवा पेस्तोल राखेर आफ्नै भाउजू गीता पराजुलीसँग झगडा गरिरहेका पराजुलीलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो ।

साँझ ७ बजेको समयमा भाउजूसँग झगडा गरिरहेको बेला प्रहरी टोलीले पराजुलीको घर कोठालगायत आसपासको एरियामा तलासी लिँदा लुकाइछिपाई राखिएको अवस्थाको बिडसहितको १० इन्च लम्बाईको कटुवा पेस्तोल भेटाएको प्रहरीले जनाएको छ ।

कटुवा पेस्तोलसहित पराजुलीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको र थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णकुमार चन्दले बताए ।-झापाटुडे

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।