इलाका प्रहरी कार्यालय वाना संखुवासभाको नव-निर्मित भवन उदघाटन

संखुवासभा, असार १३ गते । संखुवासभाको पाँचखपन नगरपालिका-७ स्थितमा रहेको इलाका प्रहरी कार्यालय वानाको नव-निर्मित भवनको समुदघाटन भएको छ । आज बिहान आयोजित एक बिशेष कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले शिलालेख अनावरण गर्नु भई नव-निर्मित ७ कोठे भवनको समुद्घाटन गर्नु भएको हो ।

भवनको समुद्घाटन तथा निरीक्षण कार्यक्रम पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै वहाँले नयाँ भवन उपलब्ध भए संगै कार्यरत प्रहरी कर्मचारीहरुमा थप मनोवल उक्च हुनुका साथै सुबिधा सम्पन्न भवनले प्रहरीमा थप जोश र उर्जा बढेर जाने हुँदा सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारीहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउदै आम नागरिकहरुलाई प्रदान गरिने प्रहरी सेवा समेत स्तरिय हुने धारणा ब्यक्त गर्नु भयो । वहाँले कार्यरत प्रहरी कर्मचारीहरुलाई कानूनको परिधिमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न समेत निर्देशन समेत दिनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि खापुङले इलाका प्रहरी कार्यालय वानाको नव निर्मित भवनको लागी जग्गा खरिद गरिदिने पाँचखपन नगरपालिका, प्रहरी चौकी वाना स्थापना हुँदा निःशुल्क जग्गा प्रदान गर्नु हुने स्व. ललित बहादुर दर्जीको छोरा झलक दर्जी (प्रतिनिधि), तथा भवन निर्माण कम्पनी कार्की बन्धु/ अमर जेभिलाई कदर पत्रले सम्मान गर्नु भएको थियो भने भवन निर्माण कार्यमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहयोग पुर्‍याउनु हुने सम्पुर्ण महानुभवहरुलाई हृदय देखि हार्दिक आभार व्यक्त गर्नु भएको थियो ।

उक्त भवन नेपाल सरकारको बिनियोजित बजेट २ करोड ४३ लाख ३१ हजार रुपैयाको लागतमा निर्माण सम्पन्न भएको थियो ।

समुद्घाटन कार्यक्रममा संखुवासभाका जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य, पाँचखपन नगरपालिकाका नगर प्रमुख बिपिन राई, ‍सहायक प्रमुख जिल्ला अधिकारी मोहन मणि घिमिरे, जिल्ला स्थि त सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यालयहरूका प्रमुख एवम प्रतिनिधि, बिभिन्न संघ संस्था तथा राजनैतिक दलका प्रतिनिधि, संचारकर्मी लगायत स्थानियबासीहरुको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।