इलामका श्रेष्ठ काठमाडौबाट बेपत्ता
इलाम । इलामका एक ब्यक्ति सम्पर्कविहीन भएका छन् ।
इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका वडा नम्बर ४ निवासी रामप्रसाद श्रेष्ठ असार १४ गतेदेखि काठमाडौंको माछापोखरी क्षेत्रबाट बेपत्ता भएका हुन् ।
श्रेष्ठ दिउंसो २:१० बजे घुम्न जान्छु भनी मोबाइल नबोकी जानुभएको र हालसम्म पनि उहाँ सम्पर्कमा नआउनु भएकाले खोजी कार्यमा सहयोग गरिदिनुहुन परिवारले अनुरोध गरेका छन् ।
कहीं कतै वहांलाई देख्नु वा भेट्नु भएमा नजिकको प्रहरी कार्यालय वा
वहांको छोरा सुजन श्रेष्ठको सम्पर्क नम्बर 9860607777 मा सम्पर्क गरि सहयोग गरिदिनु हुन अनुरोध गरिएको छ ।
