विराटनगर महानगरद्वारा धान रोपाइँ आयोजना

विराटनगर । २१ औं धान दिवसका अवसरमा विराटनगर महानगरपालिकाले रोपाइँ कार्यक्रम आयोजना गरेको छ ।

‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ महानगरले रोपाइँ आयोजना गरेको हो । महानगरको कृषि शाखाले हरेक वर्ष असार १५ अर्थात् धान दिवसका अवसरमा रोपाइँ कार्यक्रम आयोजना गर्दै आएको छ । अघिल्लो वर्ष वडा नम्बर १८ मा धान रोपाइँ आयोजना गरेको थियो भने गत वर्ष वडा नम्बर १२ को बखरीमा रोपाइँ गरेको थियो । यस वर्ष महानगरले वडा नम्बर १९ मा धान रोपाइँ आयोजना गरेको कृषि शाखाका प्रमुख खगेश्वर नेपालले जानकारी दिनुभयो ।

मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा नम्बर १९ का अध्यक्ष श्याम घिमिरेलगायत विभिन्न शाखा र महाशाखा प्रमुखहरुले धान रोपेका थिए । रोपाइँमा स्थानीयसमेत सहभागी भएका थिए । रोपाइँ शुभारम्भपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मेयर कोइरालाले कृषिजन्य वस्तुको उत्पादनमा जोड दिनुभयो ।

उहाँले पछिल्लो समय कृषिजन्य वस्तुमा समेत परनिर्भरता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । ४० वर्षअघिसम्म धान, चामल, तोरीलगायतका वस्तु निर्यात गर्ने नेपाल पछिल्लो समय हरेक वर्ष ५५ अर्बको चामलसहित करिब ६ खर्ब रुपैयाँ बराबरका खाद्य वस्तु आयात गर्नुपर्ने अवस्थामा पुग्नु दुखद भएको उहाँको भनाइ थियो ।

विराटनगरभित्र पनि थुप्रै खाली जमिन भएकाले त्यसमा कृषि उत्पादन बढाउन महानगरले उन्नत जातको बिऊ, मल, सिंचाइलगायतका सुविधा उपलब्ध गराउँदै आएको उहाँले दाबी गर्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖