विराटनगरमा ज्येष्ठ नागरिकलाई दही चिउरा खुवाएर सम्मान

विराटनगर । असार १५ का अवसरमा विराटनगर वडा नम्बर १५ को सहयोगमा वडाभित्रका ज्येष्ठ नागरिकलाई दहीचिउरा खुवाएर सम्मान गरिएको छ ।

ज्येष्ठ नागरिक वडा कार्य समिति र ज्येष्ठ नागरिक मिलन केन्द्रमा आबद्ध सदस्य र वडाभित्रका अन्य ज्येष्ठ नागरिकको सम्मान स्वरुप दहीचिउरा खुवाएर शुभकामना आदानप्रदानसमेत गरिएको आयोजकले जनाएको छ । समाजसेवी एवं पूर्वन्यायाधीश मोहनप्रसाद सिटौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, ज्येष्ठ नागरिक वडा समितिका अध्यक्ष अर्जुन भट्टराई, समाजसेवी चिरञ्जीव दाहाल, मेजर मानबहादुर राई, वडासदस्य कृष्ण भट्टराई, ज्येष्ठ नागरिक सेवा समितिका कोषाध्यक्ष भरत कार्कीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
२०८१ सालको हिन्दु नेपालीहरुको पहिलो चाडका रुपमा मनाइने असार १५ लाई विशेष बनाउन ज्येष्ठ नागरिकलाई दहीचिउरा खुवाएको आयोजक समितिका इन्द्र खतिवडाले जानकारी दिनुभयो ।

यसैबीच, वडा नम्बर ११माा अवस्थित ज्येष्ठ नागरिक सेवा भवनका लागि समाजसेवी चिरञ्जीवी दाहाल, पदम श्रेष्ठ र मेजर मानबहादुर राईले एसी जडान गरिदिने प्रतिबद्धता जनाउनुभयो । गर्मीका कारण ज्येष्ठ नागरिकलाई समस्या भएको भन्दै उहाँहरुले एक हप्ताभित्र भवनको सभाहलमा चार वटा एसी जडान गरिदिने प्रतिबद्धता जनाउनुभएको हो ।

सो भवनमा प्रत्येक दिन बिहान ५ देखि ६ बजेसम्म योगाभ्यास, दिउँसो भजनकीर्तनसहितका विभिन्न गतिविधि हुने गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖