इलाममा मन्दिरको दानपेटिका चोरी
इलाम । इलाममा दानपेटिका फोरेर चोरी भएको छ ।
गएराति इलाम नगरपालिका ९ को सिंहवाहिनी मन्दिरको मूल ढोकाको ताला फोरी दानपेटिका चोरी भएको हो ।
मन्दिर अध्यक्ष राजीव नेउपानेका अनुसार मन्दिरदेखि १०० मिटर पर जङ्गलमा लगेर दानपेटिकामा भएको रकम चोरी भएको हो ।


