सुनसरी र झापाबाट लागुऔषध सहित ४ जना पक्राउ

बिराटनगर, असार १६ गते । झापा र सुनसरीको छुट्टा छुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर र निषेधित औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो भद्रपुर नगरपालिका-३ स्थितमा प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा मे.३ प ५३० नम्बरको मोटरसाईकलको टुल बक्स भित्र २ ग्राम ब्राउन सुगर बरामद भएसंगै मोटरसाईकलमा सवार रहेका भद्रपुर-९ का ३० बर्षीय युनिक निरौला र भद्रपुर-५ का १८ बर्षीय बिनोद दास समेतलाई पक्राउ गरेको हो भने झापा गाउँपालिका-५ स्थितमा चेकजाँचको क्रममा BR 37 H 9555 नम्बरको मोटरसाईकल चालक भारत बिहार किसनगंजका ३२ बर्षीय तनविर आलमलाई ५ ग्राम ४८० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको छ ।

यसै गरी सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान-५ का ३४ बर्षीय मान बहादुर राईलाई निषेधित औषधी ट्रामाडोल १३५ क्याप्सुल सहित नियन्त्रणमा लिइएको छ ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको आवश्यक थप अनुसन्धान कार्य भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।