मोरङ पथरीका गिरी र सुनसरी रामधुनीका चौधरीको पानीमा डुबेर मृत्यु

बिराटनगर, असार १६ गते । मोरङको पथरी शनिश्चरे-७ का धनराज गिरी र सुनसरी रामधुनी-८ का साजन चौधरीको पानीमा डुबेर मृत्यु भएको छ ।

हिजो अपरान्ह मोरङको पथरीशनिश्चरे स्थित पथरी खोलामा नुहाउने क्रममा ४६ बर्षीय गिरी पानीमा डुबेको अवस्थामा स्थानियले फेला पारी उपचारको लागि स्थानिय मंगलबारे अस्पताल लगिएकोमा अस्पताल पुर्‍याउनासाथ उनको मृत्यु भएको हो ।

यसै गरी सुनसरी रामधुनी-८ काली झोडाका सुनिल चौधरीको डेढ बर्षीय छोरा साजन चौधरी घर नजिकै नहरको पानीमा खेल्ने क्रममा डुबेको अवस्थामा आफन्तले फेलापारी उपचारार्थ इनरुवा अस्पताल लगेकोमा डाक्टरले चेक जाँचको क्रममा मृत घोषणा गरेका थिए ।

घटना सम्बन्धमा प्रहरीबाट अन्य थप अनुसन्धान कार्य भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।